DEC-Nepal Latest posts ११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण

११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण

नेपालगंज २९ साउन २०७८, शुक्रबार

नेपालगंज उपमहानगरपालिकाका ११ वटा सामुदायिक विद्यालयहरुलाइ इजीआरपी (EGRP) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । युसएआइडीको सहयोगमा एच.आइ नेपाल र विश्व शिक्षाको साझेदारिमा डेक नेपाल बाकेले मगंल प्रसाद मा वि मा एक कार्यक्रमको आयोजना गरि विद्यालयहरुलाइ इजीआरपीका सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा मगंल प्रसाद मावि, महेन्द्र मा वि, रानितलाउ प्रा वि, बालमन्दीर प्रा वि, सरस्वती प्रा वि, सरस्वती मा वि, नारायण मा वि, आयुसा मदरसा तुल बनात, मदरसा अल्फा एकेडेमी , मदरसा दारुल उलुम गौसिया आजम र मदरसा आरफीया दारुल उलुम गरि ७ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसा गरेर ११ वटा विद्यालयहरुलाइ इजीआरपी सामाग्रि हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोरख बहादुर थापाले विद्यालयले पाएको सामाग्रीहरुको भरपुर प्रयोग गर्न सुझाव दिएका छन् । उनले विगतका दिनहरुमा केहि विद्यालयहरुले सामाग्रीहरुको प्रयोग नगरेर थन्काएर राखेको पाइएकोमा यस पटक पएका सामाग्रीको उपयोग गरे विद्यार्थीको सिकाइमा सहजता हुने बताएका छन् ।

विश्व शिक्षाका लालबहादुर चौधरीले १,२ र ३ कक्षाका साना बालबालीकाहरुको सिकाइ क्षमता वढाउन र शिक्षकलाइ पनि सिकाउन सजिलो होस भन्ने उद्देश्यले विद्यालयहरुलाइ सामाग्री वितरण गरेको बताए । विद्यालयहरुले इजीआरपीका सामाग्रीको धेरै प्रयोग गर्न सके बालबालीकाले सजिलै सिक्न सक्ने जानकारी दिए । डेक नेपालका अध्यक्ष हरिकला थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एच आइ नेपालका मिना अधिकारी, मगंल प्रसाद मा वि का विद्यालय व्यवस्थापन समितिका सदस्य किताबुन निशा दर्जी, एमपीे विद्यालयका सहायक प्र.अ. कृपाराम बर्मा, बालमन्दीर प्रा वि का प्र.अ. प्रतिभा खड्का लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *