शुक्रबार, साउन २२, २०७८, कोहलपुर बाँके:

डेक नेपाल को १४औ वार्षिक उत्सव तथा साधारण सभा कोहलपुरको स्वस्तिक होटलमा गरिएको छ कोहलपुर नगरपालीकाका मेयर लुट बहादुर रावत प्रमुख अतिथि रहेको कार्यक्रम का विशिष्ठ अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचाल हुनुहुन्थ्यो डेक नेपालको अध्यक्ष हरिकला देवी थापा तथा कार्यकारी निर्देशक देवीदत्त आचार्य को उपस्थिती मा भएको कार्यक्रममा बाँके जिल्ला एमाले अध्यक्ष अशोक कोइराला अतिथि हुनुहुन्थ्यो।

उक्त कार्यक्रम मा विभिन्न अतिथि हरुले सुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रमका अतिथि अशोक कोइरालाले डेक नेपाल अपाङ्गता भएका ब्यक्तिहरुको लागि एउटा बैसाखी भएर काम गरिरहेको र अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनु भयो।

त्यसै गरी कार्यक्रम मा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचाल ले डेक नेपाल साँच्चिकै अपाङ्गता भएका ब्यक्तिहरुको लागि नयाँ जीवन दिने संस्था हो भनेर दुईमत नरहेको र संस्था सङ्ग जोडिएर काम गर्न पनि इच्छा रहेको कुरा बताउनु भयो।

कार्यक्रम को अन्त्यमा कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत ले आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो उहाँले अपांगता भएका ब्यक्तिहरुको लागि जमीनको पनि पहल गरिएको र भवनको लागि पनि बजेट छुट्याउने र मासिक रूपमा अपांगता भएका ब्यक्तिहरुको लागि भत्ता दिने गरेको पनि बताउनु भयो त्यसै गरी डेक नेपाल को संस्था को प्रशंसा गर्दै आफू पनि उक्त संस्था सङ्ग जोडिएर सहकार्य गर्न इच्छुक रहेको जानकारी दिनु भयो।

श्रव्य दृश्य सामाग्रि सुन्न र हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस.
