DEC-Nepal Latest posts नेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरु

नेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरु

नेपालगंज २५ साउन  २०७८, मंगलबार:

परिचय पत्र वितरणगर्दै महिला वालवालीका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शोभा शाह (ने .ग .उ. म .न. पा.)

नेपालगंज उपमहानगरपालिकामा डिजिटल प्रविधिवाट अपाङ्गता परिचयपपत्र वितरण सुरु गरिएको छ । अपाङ्ग सशक्तिकरण एवं सन्चार केन्द्र (डेक) नेपाल बाँकेको समन्वयमा नेपालगजं उपमहानगरपालिकाले साउन महिना देखि लागुहूने गरि डिजिटल मेसिनको प्रयोग गरि परिचयपत्र वितरण सुरु गरेको हो । नेपालगंज उपमहानगरपालिकाका महिला वालवालीका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शोभा शाहले अभिलेख राख्न र वितरण गर्न सहजताका लागि डिजिटल प्रविधिको प्रयोग गरि अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरिएको बताइन । उनका अनुसार प्रत्येक महिनाको २५ गते अपाङ्गता परिचयपत्र वितरण शिविर सन्चालन गरिने र नया परिचयपत्र लिनेलाइ नया दिने र पुरानो परिचयपत्रलाइ पनि अध्यावधीक गर्दै जाने योजना बनाइएको छ ।

वितरण सुरु गरिएको पहिलो महिनामा ३१ जनालाइ डिजिटल परिचयपत्र दिइएको छ । क वर्गको परिचय पत्र ७ जनालाइ ख वर्गको १५ जनालाइ ग वर्गको ७ जनालाइ र घ वर्गको २ जनालाइ डिजिटल मेसिनको प्रयोग गरि परिचय पत्र वितरण गरिएको छ । मेसिन ल्याउन भन्दा पहिले नै ८ सय २१ जनालाइ अपाङ्गता परिचयपत्र वितरण गरि सकेको भन्दै शाखा प्रमुख शाहले विस्तारै सबैलाइ अध्यावधिक गर्दै जाने जानकारी दिइन ।
डेक नेपालका अध्यक्ष हरिकलादेवि थापा मगरले नेपालगंज उपमहानगरपालिकालाइ डिजिटल अपाङ्गता परिचय पत्रका लागी सफटवयर सहयोग गरिएको जानकारी दिइन । अपाङ्गता भएका व्यक्तीहरुको तथ्याकं राख्नका लागि र परिचय पत्रका दिनका लागी २ वटा सफटवयर सहयोग गरिएको बताइन । कोहलपुर नगरपालिकामा पनि डेक नेपालको समन्वयमा डिजिटल प्रविधिबाट अपाङ्गता परिचयपत्र वितरण सुरु भइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *