बाँके,आइतबार, जेठ ३०, २०७८
अपाङ्ग सशक्तीकरण तथा सन्चार केन्द डेक नेपालद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ ।
बैजनाथ गाउँपालिका र सीबीएम नेपालको सहयोगमा डेक नेपालले बैजनाथका सबै वडाहरुमा गरि १७ जना अपाङ्गता भएका व्यक्तीहरुलाइ सहायक सामाग्री वितरण गरिएको हो ।
सामाग्री वितरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नेपाल सरकारले क वर्ग र ख वर्ग को अपाङ्गताहरुलाइ मात्रै राहत उपलब्ध गराएको भन्दै स्थानीय सरकाले आफनो पहलबाट अबको योजनामा ग बर्गको अपाङ्गता भएका व्यक्तीहरुलाइ पनि भक्ताको व्यवस्था गरिने जानकारी दिए ।
उनले पहेलो कार्ड भएकाहरुलाइ मासिक ५ सयका दरले राहत उपलब्ध गराउनका लागि योजना पेश गरिसकेको भन्दै बजेट पनि छिटै आउने बताए ।

बैजनाथ गाउँपालिकाका सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाई, सदस्य सचिव धन बहादुर नेपालि, समाजसेवि जित बहादुर खत्रि, डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्य, डेक नेपालका अध्यक्ष हरिकला थापा लगाएतको उपस्थितीमा सहायक सामाग्री वितरण गरिएको थियो । ह्विल चीयर ३ वटा, ट्राइसाइकल ३ वटा, वाकर ३ वटा र बैसाखि ८ जोडि गरि १७ जनालाइ सहायक सामाग्री वितरण गरिएको हो ।

