बैजनाथ गाउँपालिकाका अपाङ्गता भएका महिलाहरुका लागि ७ दिने मसला उत्पादन तालिम दिइएको छ । बैजनाथ गाउँपालिका र एबीलीस फाउन्डेसन फिनल्यान्डको आर्थिक सहयोगमा नौबस्था अपाङ्ग सघं बाकेको आयोजना बैजनाथका अपाङ्गता भएकाहरुको अभिभावक र अपाङ्गता भएका महिलाहरुलाइ तालिम दिइएको हो ।
तालिमको समापन कार्यक्रममा वोल्दै डेक नेपालका संस्थापक सचिव टेकराज जैसीले तालिमको क्रममा सिकेको मसला उत्पादनका कामलाइ दिर्घकालिन रुपमा लैजान सुझाव दिए । राम्रो बजारीकरण गर्न सके आर्थिक पक्ष पनि राम्रो हुने भन्दै उनले बजारीकरणमा ध्यान दिन जरुरी रहेको बताए ।
डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले सहभागिहरुलाइ सात दिन सम्म तालिम दिएर मात्रै नछोडने भन्दै दिर्घकालिनका लागि मसला उद्योग नै सन्चालन गरिने जानकारी दिए । तालिम लिइ सकेकाहरुलाइ उद्योगमा लगाइ मसला उत्पादन गरिने र बजारीकरणमा पनि डेक नेपालले सहयोग गर्ने प्रतिवद्धता उनले गरेका छन् ।सुरुमै मनग्य आम्दानी नभएपनि पछिका दिनहरुमा मेहेनत र दिगोपनाले राम्रो आम्दानि गर्न सकिने पनि उनको भनाइ छ ।
तालिमका प्रशिक्षक पदमिकला बमले राम्रो उत्पादन गर्न सके बजारीकणको ठुलो समस्या नहुने बताइन ।तालिममा सिकेका कुरालाइ नछोडी व्यवहारमा उतार्नका लागि पनि उनले आग्रह गरिन । यहि पौष २१ गते देखि सुरु भएको तालिमको २८ गते समापन गरिएको छ । तालिममा बैजनाथ गाउँपालिकाका १६ जनाको सहभागिता रहेको थियो ।
