DEC-Nepal Latest posts लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्कमा सम्पन्न

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्कमा सम्पन्न

गणेश प्रसाद पाण्डे

अर्घाखाँची, ३ अषाढ,२०७८

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्क नगरपालिकामा सम्पन्न भएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा डेक नेपाल बाकेको सहयोगमा सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी र महिला वाललालिका शाखा लगायतका सरोकारवालाहरुको बीचमा कार्यशाला सम्पन्न भएका थियो । कार्यक्रममा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट, योजनामा समावेशीता, योजना मूल्यांकन लगायतका बिषयमा छफल गरिएको थियो ।

कार्यशालामा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले कार्याशालाबाट उठेका सवाल तथा सुझावको कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता जनाए । भुसालले नगरपालिकाले सबै बर्ग तथा समुदाय र सम्प्रदायको मुद्धामा सम्बेदनशील रहेको पनि बताएका छन ।

नगरउपप्रमुख ठाकुर कुमा बि.क ले कार्यशालामा उठेका महत्वपूर्ण सवाल र हालको अवस्थाको दस्ताबेजीकरण गरेमा नगरपालिकाको दीर्घकालिन सम्बृद्धिका लागि महत्वपूर्ण फाइदा पुग्ने बताए । बि.क ले लैङ्गिक समानता तथा समाजिक समावेशीकरणलाई अबलम्बन गरेर अगाढि बढ्ने बताए ।

कार्यक्रमको सहजीकरण श्री हेमकुमार रावतले गरेका थिए । कार्यक्रम राष्ट्रिय अपांगता महासंघका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत गोमा पन्थी र डेक नेपालका सुनिता पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसै प्रकारले ३ वटा जिल्ला अर्घाखाची, प्यूठान र रुकुम पूर्वका जम्मा १८वटा पालिकामा  उक्त कार्यक्रम डेक नेपालको समन्वयमा संचालन भैरहेको छ, मिति २०७८/०३/०२ देखि सुरु भै २०७८/०३/१५ सम्म सम्पूर्ण पालिकामा कार्यक्रम समपन्न गर्न ३ वटा टोलि खटाईएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *