DEC-Nepal Latest posts अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

नेपालगन्ज: शुक्रबार, जेठ २१, २०७८

सामान्य हिडडृल गर्न नसक्ने अति विपन्न अपागंता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । नगर स्तरीय अपागंता सन्जालले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ र २१ मा एक एक जना गरि २ जनालाई ह्वील चियर वितरण गरेको हो ।

वडा ४ र २१ कार्यालयको आर्थिक सहयोग र अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द (डेक) नेपालको सहझिकरणमा नगर स्तरीय अपाङ्गता सन्जालले ह्वील चियर संगै डाइपर र सेनीटाइजर वितरण गरेको हो । वडा नं. २१ का अध्यक्ष रज्नीत खाँले अपाङ्गको क्षेत्रमा मिलेर धेरै काम गर्न आवश्यक रहेको बताए । आगामी दिनहरुमा ठुलो बजेटमा धेरै अपाङ्गता भएका व्यक्तिहरु समेटीने गरि काम गर्ने उनको भनाइ छ ।

वडा नं. ४ का कार्यबहाक अध्यक्ष मेनका बैधले कोभिडको जोखिमको अवस्थाले अपाङ्गताको क्षेत्रमा चाहे जति काम गर्न नसकेको बताइन । उनले भनिन समन्वय र सहकार्य भए आगामी दिनहरुमा धेरै कामहरु गर्न सकिन्छ । नागरिकता नहुदा अपाङ्गता परिचयपत्र लिन नसकेका अपाङ्गता भएका व्यक्तीहरुको हकका लागि आफनो वडाले सक्ने जति काम गरिरहेको उनको भनाइ छ ।

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले अपाङ्गता भएका व्यक्तीहरुका लागि सबै सचेत भएर काम गर्नु पर्ने बताए । अपाङ्गताको क्षेत्रमा धेरै कामहरु गर्न बाकी रहेको भन्दै उनले आगामी दिनहरुमा वडा कार्यालयहरुले गर्ने अपाङ्गताको कामहरुमा समन्वय गर्न डेक नेपाल तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *