कोहलपुर २५ साउन २०७८ सोमबार:
कोहलपुरका प्रध्यानाध्यापक तथा ईमिस फोकल पर्सनहरुको लागि २ दिने प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम कोहलपुरमा सुरु भएको छ । युएसएआइडीको सहयोगमा एच आइ नेपाल र विश्व शिक्षाको साझेदारिमा डेक नेपालले सन्चालित गरेक सबैका लागि पढाइ परियोजना अन्तरगत सो तालिम दिइएको हो ।

तालिमको उदघाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रविलाल मिजारले विद्यालयको ईमिस महत्वपुर्ण हुने भन्दै सहि तथ्याकं अभिलेख गर्न सके आवश्यकताहरु पनी पुरा सहज हुने । कस्ता वालवालीका विद्यालयमा छन तिनिहरुलाइ कस्ता आवश्यकताहरु खाचो छ भनेर बुझन र योजना बनाउनका लागि तथ्याकं नै जरुरी हुने उनको भनाइ छ ।

एच आइ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत रामलाल धामिले परियोजनाको उद्देश्यपनि विद्यालयहरुलाइ सहयोग गर्ने र तथ्याकंमा सुधार ल्याउने रहेको भन्दै तालिमले बिद्यालयहरुलाइ सहयोग पुरयाउने बताए । उनले सानाबालबालीकाहरुलाइ उनिहरुको अनुकुलको शिक्षा दिनका लागि विभिन्न योजनाहरु तयार पार्नका लागि विद्यार्थीको एकीन तथ्याकं हुन पर्ने बताए ।

विश्व शिक्षाका बाँके प्रतिनिधि भेसराज चौधरीले विद्यालयहरुलाइ विभिन्न प्राविधिक सहयोग गर्ने र विद्यालयहरुको तथ्याकंमा सुधार ल्याउनका लागि विद्यालय सगं मिलेर काम गरिने बताए । डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले विद्यालय स्तरमा अभिलेख राख्ने र तथ्यांकमा सुधार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सिकाइमा कठिनाइ भएका र अपागंता भएका बालबालीकाहरुको एकीन तथ्याकं निकाली उनीहरु अनुकुल शिक्षा दिनका लागि तालिमले सघाउ पुरयाउने उनको भनाइ छ ।
