DEC-Nepal Latest posts अपागंता भएका व्यक्तीहरुलाई न्यायमा पहुच तथा पहुँचयुक्तता परिक्षण सम्वन्धि तालिम सम्पन्न

अपागंता भएका व्यक्तीहरुलाई न्यायमा पहुच तथा पहुँचयुक्तता परिक्षण सम्वन्धि तालिम सम्पन्न

कोहलपुर, सोमबार, फागुन ०२, २०७८

 अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच पुरयाउनका लागि २ दीने तालिम कोहलपुरमा सम्पन्न भएको छ । सीबीएमको आर्थिक सहयोगमा अपागं शसक्तीकरण एवं सन्चार केन्द्र (डेक) नेपालद्धारा सन्चालित समावेशि समुदाय परियोजना अन्तरगत अपागंता भएका व्यक्तीहरुलाइ सो तालिम दिइएको हो ।

बाँके जिल्लाका अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच सगंै पहुचयुत्ततामा पनि सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगंज, कोहलपुर, बैजनाथ र खजुराका अपागंता भएका व्यक्तीहरु र तिनका अभिभावकहरु तलिममा सहभागि भएका छन् । यस तालिम बाट अपाङ्गता भएका व्यक्तिहरुको सम्वन्धित न्यायालयमा के कतिको पहुँच छ या वर्तमान अवस्था के छ भनि परिक्षण गर्ने विविध प्रस्नावाली तथा टूल हरुको बारेमा सहजीकरण भएको थियो ।

डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देविदक्त आचार्यले हरेक क्षेत्रमा काम लाग्ने र सदुपयोग हुने खालका विषयवस्तुलाइ न्यायको क्षेत्रमा जोडेर अपागंता भएका व्यक्तीहरुलाइ जानकारी दिएको बताए । अपागंता भएका व्यक्तीहरुको न्यायमा पहुच पुग्न सके मात्रै धेरै अधिकारहरु सुनीश्चीत हुने उनको भनाइ छ । दुइ दिने तालिमको प्रशिक्षण अधिवक्ता ईमान सुनारले गरेका थिए ।

यस तालिम पश्चात ३ वटै पालिकामा न्यायको पहुँच कस्तो छ भन्ने विषयमा अध्ययन गर्नको लागि कार्यदल गठन गरिएको छ । बैजनाथ गाउपालिकको लागि देवीसरा बुढाको संयोजकत्वमा ७ सदस्सीय, कोहलपुर नगरपालिकामा कमलादेवी सापकोटाको संयोजकत्वमा ७ सदस्यीय र बाँके जिल्लाका लागि हरिकला देवी थापामगरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले एक हप्ता भित्र सम्वन्धित न्यायका संस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र पहुँचयुक्तताको हालको अवस्थाको विस्लेषण तथा परिक्षण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *