DEC-Nepal Latest posts कोहलपुरमा ६३ जनालाई सहायक सामाग्री वितरण

कोहलपुरमा ६३ जनालाई सहायक सामाग्री वितरण

कोहलपुर १९ अषाढ २०७८ शनिबार: 

कोहलपुर नगरपालिकाका ६३ जना अपाङ्गता भएका व्यत्तिहरुलाई सहायक सामाग्रि वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्ग सशक्तीकरण एवं सन्चार केन्द्र (डेक नेपाल)को समन्वय तथा सहजीकरणमा राष्ट्रिय अपाङ्ग महासघं बाकेको आयोजनामा शनिवार सहायक सामाग्री वितरण गरिएको हो ।

सहायक सामाग्री वितरण गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले अपाङ्ग भएका व्यक्तीहरुलाइ आवात जावत गर्न तथा दैनीकी जीवन यापन गुजारा गर्नका लागि साहारा होस भनेर सामाग्री वितरण गरिएको जानकारी दिए । कोहलपुर नगरपालिका एक्लैलै काम गर्न सहज नहुने भन्दै डेक नेपाल र राष्टिय अपाङ्ग महासघं बाके सगं समन्व र सहकार्य गरेर आवश्यकता अनुसारका सामाग्रीहरु वितरण गरेको बताए । कोहलपुर नगरपालिकाले हालसालै ग वर्गका अपाङ्गता भएकाहरुले पनि मासिक ५ सयका दरले सामाजिक सुरक्षा पाउने व्यवस्था गरेको समेत नगर प्रमुख रावतले जानकारी दिए ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै नगर प्रमुख लुट बहादुर रावत

संविधानसभा सदस्य तथा डेक नेपाल बाकेका सल्लाहकार देवराज भारले अपाङ्गताको क्षेत्रमा सबै क्षेत्रले हातेमालो गरेर काम गर्न आवश्यक रहेको बताए । जोखिममा रहेका अपाङ्गता भएकाहरुको अवस्था हेरेर थप क्रीयाकलाप ल्याउन पनि उनले आग्रह गरेका छन् । अपाङ्गता भएका व्यत्तीहरुको जिवनयापन सहज वनाउनका लागि आफु सधै तत्पर रहेको पनि उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार पौड्यालले कोहलपुर नगरपालिका सधै अपाङ्गताको क्षेत्रमा सकारात्मक रहेको बताए । अपाङ्गता भएका व्यक्तीहरुले पाएको सहायक सामाग्री जतन गरेर प्रयोग गर्न उनले सुझाव दिएका थिए ।

नेकपा माओवादि नरेन्द्र न्यौपानेले अपाङ्गताको क्षेत्र संम्बेदन शिल भएको भन्दै हातेमालो गरेर विभिन्न योजना वनाइ काम गर्न पर्ने धारणा राखे । अपाङ्गताको क्षेत्रका लागि आफुले आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने जानकारी समेत उनले दिएका छन् । यसैगरि कार्यक्रममा कोहलपुर नगरपालिकाको सामाजिक विकास समिति संयोजक नारायणि वली, राष्टिय अपाङ्ग महासघंका सघिंय सचिव भावुवजगं थापा, बौद्धिक अपागं अभिभावक महासघं कोषाध्यक्ष गोकर्ण आचार्य लगाएतले बोलेका थिए ।

डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्य

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यका अनुसार आज भएको कार्यक्रममा २१ जनालाई ह्वील चीयर, ८ जनालाइ ट्राइसाइकल, ८ जनालाइ सेतो छडि, ३ ट्वाइलेटचियर, ४ जनालाइ एल्भोकर्चेच, बैसाखी ६ जनालाइ ६ जोडी, १० जनालाइ हेरिङ्ग एड, ३ जनालाई वाकर गरि ६३ जना अपाङ्गता भएका व्यक्तीहरुलाइ सहायक सामाग्रि वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *