DEC-Nepal Latest posts पालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठन

पालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठन

खजुरा भाद्र २१, २०७८ सोमबार : 

बाँकेको खजुरा गाउँपालिकामा पालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठन गरिएको छ । डेक नेपाल द्धारा सन्चालित किशोरी सशक्तीकरणका लागि शिक्षाका परियोजना अन्तरगत खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको संयोजकत्वमा सो संजाल गठन गरिएको हो ।

कमिटिका सदस्यहरुमा गगन बहादुर खडका, भक्त बहादुर केसी, फत्तेकुमारी जैसी, केदरनाथ पाठक, रिसिकेश जिसि, शोभा रेग्मी, बसन्त आचार्य, सुदिप पौडेल रहेका छन । यस्तै सुशिला न्यौपाने, जिवन गिरि, पुजा गिरि पनि सदस्यमा चयन भएका छन भने संजालको सदस्य सचिवमा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल चयन भएका छन ।

संजाल गठन कार्यक्रममा वोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकाले शिक्षाको क्षेत्रमा देखेको सपना पुरा गर्न संजालले मद्दत गर्ने बताएका छन । शिक्षाको पहँुचवाट वाहिर रहेकाहरुलाई पहुचमा ल्याउनका लागि संजालले गर्ने भुमिकामा पालिकाको तर्फबाट सहयोग गरिने पनि उनको भनाइ छ ।

शिक्षा प्रेमी भक्त बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकविर सुनार, भिएसयो नेपालका फिरोज सिदिकि, डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्य लगाएतले आ आफनो धारणा राखेका थिए ।

कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकामा पनि पालिका स्तरीय छात्रा तथा समावेशि शिक्षा संजाल गठन गरि सकेको ईन्गेज परियोजनाका प्रमुख जिवन गिरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *