DEC-Nepal Latest posts अपाङ्गतामैत्री शासन प्रवद्धनका लागि स्थानीय तह समन्वय वैठक सम्पन्न

अपाङ्गतामैत्री शासन प्रवद्धनका लागि स्थानीय तह समन्वय वैठक सम्पन्न

अपाङ्गतामैत्री शासन प्रवद्धनका लागि स्थानीय तह समन्वय वैठक
गणेश प्रसाद पाण्डे

अपाङ्गमैत्री शासन प्रवद्धनका संघीय सुचकलाई स्थानीयकरण गर्नका लागि समन्वयात्मक वैठक गरिएको छ । ओएसएफ र एसडीको सहयोग र स्थानीय तहको समन्वयमा अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द्र डेक नेपालले समन्वयात्मक वैठकको आयोजना गरेको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले अपाङ्गता भएका व्यक्तीहरुलाइ शिक्षा, स्वास्थ्य, जिविकोपार्जन लगाएतका सुविधाहरुमा पहुच पु¥याउनका लागि निति वनाएर कार्यक्रम ल्याउन जरुरी रहेको बताए र एकैपटकमा सबै कुराहरु पुरा गर्न सम्भव नहुने भन्दै उनले पालैपालो सबै कुराहरुलाइ व्यवस्थीत गरि कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए ।

नेपालगंज उपमहानगरपािलका उपमेयर उमा थापाले अपाङ्गता भएका व्यक्तीहरुको अधिकारकालागि सबै क्षेत्रवाट एकजुट भइ काम गर्नुपर्ने बताइन । डिजिटल अपाङ्ग परिचय पत्र निमार्ण र वितरणकालागी नेपालगंज उपमहानगरपालिका अग्रसर रहने प्रतिवद्धता जनाइन ।कोहलपुर नगरपालिकाका उप मेयर सन्जु चौधरीले भवनहरु अपागंमैत्री बनाउन पर्ने भन्दै निमार्ण भइ सकेका भवनहरुलाइ पनि थप वजेटको व्यवस्था गरि अपागंमैत्री बनाउने प्रतिवद्धता जनाइन ।

डिजिटल परिचयपत्रका लागि कोहलपुर नगरपालिकाले केहि कामहरु सुरु गरिसकेको भन्दै उनले चाडै निमार्ण गरि वितरण गर्ने प्रतिवद्धता पनि जनाइन । यस्तै कार्यक्रममा चामुण्डा विन्द्रासेनि नगरपालिका दैलेखका उप मेएर तारा शाही खत्रीले समन्वयले काम गर्न सहज हुने भन्दै अपागंता भएका व्यक्तीहरुको अधिकार र डिजिटल परिचय पत्र वितरणको काममा समन्व गरि काम गरिने धारणा राखिन ।

डेक नेपालका अध्यक्ष हरिकला थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला वालवालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली लगाएतले धारणा राखेका थिए ।नेपालगंज उपमहानगर पालिका, कोहलपुर नगरपालिका, चामुण्डा विन्द्रासेनि नगरपालिका दैलेख र वैजनाथ गाउपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको वैबैठककमा डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले अपाङ्गता मैत्री स्थानीय शासनका सुचकहरुको वारेमा र डिजिटल अपाङ्ग परिचयपत्रका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कोरोना भाइरस सक्रमणले हस्तान्तरण गर्न नसकिएको सम्मान पत्र पनि आजै कार्यक्रमका विचमा महिता वालवालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहलाइलाइ दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । २९ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा लुम्बीनी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासघं नेपाल लुम्बीनी प्रदेशको समन्वमा सम्मानपत्र दिइएको थिइयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *