DEC-Nepal Latest posts सिस्नेमा लैंगिक रणनीति निर्माणका लागि कार्यशाला

सिस्नेमा लैंगिक रणनीति निर्माणका लागि कार्यशाला

रुकुम पूर्व / २७ फागुन, २०७८ , रुकुम पूर्वको सिस्ने गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण रणनीति बनाउनको लागि कार्यशाला गरिएको छ । रणनीति तयारीको लागि गाउँपालिकाले कार्यशाला गोष्ठिको सञ्चालन गरेको हो ।

लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको सहयोग तथा अपांग सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक नेपाल) को सहजिकरणमा सिस्ने गाउँपालिकाले कार्यशाला सञ्चालन गरेको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल आफ्नो भनाइ राख्दै

कार्यशाला सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले गाउँपालिकाले सामाजिक समावेशीकरणको अभ्यास गरिरहेको बताउनुभयो । लैंगिक समानता तथा सामाजि समावेशिरकण मुल प्रवाहिकरण राणनीति तयारी पश्चात गाउँपालिकालाई योजना तथा बजेट बिनियोजनमा सहयोग हुने उहाँले जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले कार्यशालाले ठुलो महत्व राख्ने बताउँनुहुँदै लैगिंक विभेदको अन्त्य तथा सामाजिक समावेशिकरणको लागि कार्यविधीले समस्यामा पारेकोे बताउँनुभयो । शहरबजार केन्द्रित कार्यबिधिले सिस्नेका दुर्गम क्षेत्रमा बसेका नागरिकको पक्षमा कार्यान्वयन गर्न अप्ठ्यारो हुने गरेको उहाँको भनाई छ ।

उपाध्यक्ष गोबरधन बुढा आफ्नो भनाइ राख्दै

कार्यक्रममा डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले पाँच बर्षिय रणनीतिले गाउँपालिकाको समग्र लैगिंक समावेशिकरणको लागि कोशेढुंगाको रुपमा काम गर्ने बताउनुभयो । निर्देशक आचार्यले भौगोलिक अवस्थाको आधारमा नीतिहरु तय गरिनुपर्नेमा पनि जोड दिनुभयो ।

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्य आफ्नो भनाइ राख्दै

कार्यशालामा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन बुढा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, गाउँपालिका सामाजिक विकास शाखा संयोजक भद्री थापा, डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्य, नेपाल अपागं संरक्षण मञ्चका अध्यक्ष भिमबहादुर डाँगी लगायतको सहभागिता रहेको थियो । कार्यशालाको सहजिकरण डेक नेपालका गणेश प्रसाद पाण्डे र राजु लामिछाने ले गर्नुभएको थियो ।

गणेश प्रसाद पाण्डे सहजीकरण गर्दै

कार्यशालामा लैगिंकता सम्बन्धिका सवल पक्ष, दुर्वल पक्ष, बजेट बिनियोजन, योजना निर्माण, लगाएतका विषयमा छलफल गरिएको र अब रणनीति निर्माणका लागि एउटा खाका तयार गरिने बताईएको छ । खाकालाई सिस्ने गाउँकार्यपालिकामा छलफल गरी स्विकृत गरेपछि रणनीतिलाई कार्यान्वयनको चरणमा लगिने गाउँपालिकाले जनाएको छ ।

सम्वन्धित लिंक यसमा क्लिक गर्नुहोला:

https://www.mulpati.com/news/1028?fbclid=IwAR3NUC1BbRyNPIyhuFCXWyfBHw0CiXYtnNGkJu8dBJg2kWb73Nt2Nvvc7Oo

Leave a Reply

Your email address will not be published. Required fields are marked *