DEC-Nepal Latest posts पाणिनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण रणनीति निर्माण कार्यशाला गोष्ठी सम्पन्न

पाणिनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण रणनीति निर्माण कार्यशाला गोष्ठी सम्पन्न

२०७८ माघ २४, सोमवार मा प्रकासित

डिआरजी सुमन
दुर्गाफाँट, सोमवार २४ माघ, २०७८ । पाणिनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण रणनीति निर्माण कार्यशालागोष्ठी सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमको प्रमुख आथित्यता रहेको कार्यक्रममा पाणिनि गाँउ उपाध्यक्ष लक्ष्मी गौतम ,कार्य पालिकासदस्य हरुको उपस्थिती रहेको थियो । 

पाणिनि गाँउ पालिका ३ नं वडा अध्यक्ष देवी वहादुर क्षेत्री, ६ नं वडा अध्यक्ष सुभ वहादुर सारु, ०७नं वडा अध्यक्ष गुनाखर अधिकारी,पाणिनि गाँउ पालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे,योजना ईकाई प्रमुख शोभाखर भूसाल,शिक्षा शाखा प्रमुख तेज वहादुर खनाल,महिला वाल वालिका ईकाई का मेघनाथ गैरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतकोउपस्थित रहेको कार्यक्रमको सहजीकरण गणेश प्रसाद पाण्डेय ले गर्नु भएको थियो ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश वाँके नेपालगंज सहयोगी संस्था रहेको कार्यक्रमको समन्वय अपांग सशंक्तिकरण एवं संचारकेन्द्र डेक नेपाल को तर्फवाट सहयोगी शोभा वस्नेत र सहजकर्ता गणेश प्रसाद पाण्डेयले कार्यक्रमको दीर्घाकालिन प्रभाव र महत्व वारेसहजीकरण गर्दा पाणिनि गाँउ पालिका को त्रिवसीय तथा पन्च वर्षीय योजनाका वारेमा सहजकरण गर्नु भएको थियो । – तस्वीर: डिआरजी सुमन/अर्घाखाँची ।

विस्तृत समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस ।

https://www.arghakhanchi.com/index.php?action=news&id=PVlUTzFFak4%3D&fbclid=IwAR3EAtwa60H66G6yiJJBUe-gBYcStIawIWvI-wSfOBjsHpJ52E32xsk6Csg

Leave a Reply

Your email address will not be published. Required fields are marked *