DEC-Nepal Latest posts प्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिम

प्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिम

कोहलपुर २५ साउन २०७८ सोमबार: 

कोहलपुरका प्रध्यानाध्यापक तथा ईमिस फोकल पर्सनहरुको लागि २ दिने प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम कोहलपुरमा सुरु भएको छ । युएसएआइडीको सहयोगमा एच आइ नेपाल र विश्व शिक्षाको साझेदारिमा डेक नेपालले सन्चालित गरेक सबैका लागि पढाइ परियोजना अन्तरगत सो तालिम दिइएको हो ।

उद्घाटन सत्र

तालिमको उदघाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रविलाल मिजारले विद्यालयको ईमिस महत्वपुर्ण हुने भन्दै सहि तथ्याकं अभिलेख गर्न सके आवश्यकताहरु पनी पुरा सहज हुने  । कस्ता वालवालीका विद्यालयमा छन तिनिहरुलाइ कस्ता आवश्यकताहरु  खाचो छ भनेर बुझन र योजना बनाउनका लागि तथ्याकं नै जरुरी हुने उनको भनाइ छ ।

एच आइ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत रामलाल धामिले परियोजनाको उद्देश्यपनि विद्यालयहरुलाइ सहयोग गर्ने र तथ्याकंमा सुधार ल्याउने रहेको भन्दै तालिमले बिद्यालयहरुलाइ सहयोग पुरयाउने बताए । उनले सानाबालबालीकाहरुलाइ उनिहरुको अनुकुलको शिक्षा दिनका लागि विभिन्न योजनाहरु तयार पार्नका लागि विद्यार्थीको एकीन तथ्याकं हुन पर्ने बताए ।

विश्व शिक्षाका बाँके प्रतिनिधि भेसराज चौधरीले विद्यालयहरुलाइ विभिन्न प्राविधिक सहयोग गर्ने र विद्यालयहरुको तथ्याकंमा सुधार ल्याउनका लागि विद्यालय सगं मिलेर काम गरिने बताए । डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले विद्यालय स्तरमा अभिलेख राख्ने र तथ्यांकमा सुधार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सिकाइमा कठिनाइ भएका र अपागंता भएका बालबालीकाहरुको एकीन तथ्याकं निकाली उनीहरु अनुकुल शिक्षा दिनका लागि तालिमले सघाउ पुरयाउने उनको भनाइ  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *