सुनिता पन्त
नेपालगन्ज : अपाङ्गता भएका तथा अति विपन्न व्यक्तीहरुलाई खाद्यान्न तथा स्वच्छदा सामाग्री वितरण गरिएको छ ।
सीबीएम नेपालको आर्थिक सहयोगमा अपाङ्ग सशत्तीकरण एवं सन्चार केन्द्र (डेक) नेपालले समुदायमा आधारित समावेशि विकास कार्यक्रम अन्तरगत कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा १ सय जनालाइ खाद्यान्न र २ सय १० जनालाइ स्वच्छता सामाग्री वितरण गरेको हो ।

विहिवार बैजनाथ गाउँपालिकाको ८ वटै वडाहरुमा गइ ६० जनालाइ खाद्यान्न सामाग्री र १ सय १० जनालाइ स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरिएको छ ।
यसै गरि कोहलपुर नगरपालिकामा ४० जनालाइ खाद्यान्न सामाग्री र १ सय जनालाइ स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरिएको परियोजना प्रबन्धक मानबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार एक जनालाइ एक बोरा चामल, २ केजी दाल, १ लीटर खाने तेल, १ केजी नुन गरि खाद्यान्न सामाग्री दिइएको हो भने ।

कोहलपुर नगरपालिका वडा नं. ५ मा भएको राहत वितरण कार्यक्रममा बोल्दै कोहलपुर नगर नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव हेम कुमार रावतले कोरोनाले आक्रान्त पारेको समयमा अपाङ्गता भएका व्यक्तीहरुलाइ राहत दिदा केहि भए पनि समस्या समाधान भएको बताए ।

आगामी दिनहरुमा पनि यस्तै सहयोगका लागि कोहलपुर नगरपालिका समन्वय गर्न तयार रहेको जानकारी पनि उनले दिएका छन् ।
