DEC-Nepal Latest posts डेक नेपालको १३ औ साधारण सभा गाभरमा सम्पन्न

डेक नेपालको १३ औ साधारण सभा गाभरमा सम्पन्न

डेक नेपालको १३ औ साधारण सभा

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद  आईपी खरेल

अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द्र (डेक नेपाल) ले आफनो १३ औ साधारण सभा सम्पन्न गरेको छ । शनिवार बैजनाथ गाउँपालिकाको गाभर पार्कमा डेक नेपालले आफ्नो साधारण सभा मनाएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले अपाङ्गताको क्षेत्रमा डेक नेपालले प्रसंसा योग्य काम गरेको बताए । आफु पनि अपाङ्गता भएका व्यक्तीहरुका लागी सधै सकारात्मक भएको भन्दै उनले राजनिति आस्था वा पुर्वाग्राही ढङ्गले अपाङ्गता भएका व्यक्तीहरुलाइ कसैले पनि हेर्न नहुने बताए ।

जुन सुकै आस्थाको भएपनि अपाङ्गता भएका व्यक्तीहरुलाइ आफुले सधै सहयोग गरेको उनको भनाइ छ । सकारात्मक कामका लागि डेक नेपाललाइ सधै आफुले सहयोग गर्ने पनि उनको भनाइ छ । कार्यक्रममा पुर्व सांसद देवराज भारले अपाङ्गताको क्षेत्र एकदमै संवेदनशिल क्षेत्र भएको बताए । धेरै चुनौतीहरुका बाबजुत पनि डेक नेपालले अपाङ्गताको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै उनले थप परगतीको शुभकामना दिए । अपाङ्गता भएका व्यक्तीहरुलाइ हेर्ने दृष्टिकोण र उनीहरु प्रतिको धारणामा परिर्वतन आउनु भनेको पनि ठुलो उपलब्धी रहेको उनले बताएका छन ।

कार्यक्रममा बोल्दै डेक नेपालका सल्लाहकार अशोक कोइराला

नेकपा बाँकेका सचिव तथा डेक नेपालका सल्लाहकार अशोक कोइरालाले अपाङ्गताहरुको क्षेत्रलाइ सधै आफुले प्राथमिकतामा राख्ने बताए । जोकोहि जतिवेला पनि अपाङ्ग हुन सक्ने भन्दै उनले अपाङ्गता भएकाहरुलाई दया भन्दा अवसर दिनु पर्ने बताए । अपाङ्गता भएका व्यक्तीहरुले धेरै काम गरेर देखाएका छन भने जती जो कोही सामान्य व्यक्तीले गर्न सक्दैन ।

यस्तै कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले बाँकेमा धेरै संस्थाहरु दर्ता भएपनि सिमित संस्थाहरुले मात्रै सक्रीय भएर काम गर्ने गरेको भन्दै सिमित संस्थामा डेक पनि पर्ने बताए । डेक नेपालले लामो समय देखि अपाङ्गताको क्षेत्रमा काम गरेको भन्दै उनले अझै थप प्रगतिको शुभकामना दिए  ।

डेक नेपालको १३ औ साधारण सभा

साधारण सभामा बोल्दै सस्थाका कार्यकारी निर्देशक देविदत्त आचार्य

डेक नेपालका कार्यकारी निर्देशक देविद्धत आचार्यले धेरै मेहेनत गरेर डेक अहिलेको अवस्थामा आएको बताए । उनले अपाङ्गता भएका व्यक्तीहरु, सरकारी निकाय र राजनीती दल लगाएत सरोकारवालाहरुले डेकलाइ विश्वास गर्नुहुन्छ यो पनि डेकको ठुलो उपलब्धी भएको बताए । विश्वास मेहेनतले काम गर्न हौसला दिने भन्दै उनले आगामी दिनमा अपाङ्गताको क्षेत्रमा अझै सक्रिय भइ काम गर्ने परतिवद्धता जनाए ।

कार्यक्रममा डेक नेपालका प्रबन्धक जिवन गिरिले प्रगति प्रतिबेदन परस्तुत गरेका थिए भने कार्यक्रममा , राजनीतीक दल, सरकारी निकाय लगाएत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *