DEC-Nepal Latest posts स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सहयोग तालिम

स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सहयोग तालिम

कोहलपुर र बैजनाथका स्वास्थ्यकर्मीहरुका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग सम्बन्धी आधारभुत तालिम
सुनिता पन्त-
समाचार संकलन तथा सम्पादन

कोहलपुर र बैजनाथका स्वास्थ्यकर्मीहरुका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग सम्बन्धी आधारभुत तालिम दिइएको छ । सिबिएमको सहयोग तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिको सहकार्यमा डेक नेपाल बाँकेले ६ दिने तालिमको आयोजना गरेको हो ।

तालिमको उदघाटन सत्रमा बोल्दै नेकपा जिल्ला सचिव असोक कोइरालाले तालिममा सक्रयि भइ सिकेका कुराहरुलाइ आफनो काममा कार्यन्वयन गर्नुपर्ने सुझाव दिए । मानसिक समस्या भएकाहरुलाइ कसरी सेवा दिने जस्ता कुराहरु तालिममा सिक्नका लागि सुझाव दिए । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले अपाङ्गताको क्षेत्रमा पनि अझै मानसिक अपाङ्गताको क्षेत्र वढी संवेदनशिल भएको भन्दै यस तर्फ सचेत भइ काम गर्न सुझाव दिए । सबैले आआफनो जिम्मेवारी निभाए सेवा वाट वन्चीत भएका व्यक्तीहरु मानसिक स्वास्थ्य सेवाको पहुचमा आउने धारणा उनले राखे ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक नारायणी वलीले तालिम प्रभावकारी रहेको भन्दै सक्रीय सहभागिताका लागि स्वास्थ्यकर्मीहरुलाइ आग्रह गरिन । कोहलपुर नगरपालिकाका विधान समिति संयोजक भिम बहादुर नेपालीले अपाङ्गताको सबालमा सबैजना संवेदनशिल हुन जरुरी रहेको बताए । मानसिक समस्या भएकाहरुलाइ उपचार भन्दा राम्रो व्यवहारले धेरै प्रभाव देखाउने उनको भनाइ छ ।

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले मानसीक स्वास्थ्य समस्या भएका व्यक्तीहरुको उपचारका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए । आइतवार देखि सुरु भएको तालिममा बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिकाकामा कार्यरत स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *