DEC-Nepal Latest posts ‘अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेको १५औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न’

‘अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेको १५औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न’

आइतबार, साउन २२, २०७९

अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसन सम्पन्न गरेको छ । दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पुर्वधार भन्ने नारा सहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं बार्षिक साधारण र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको हो । डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उसा पुनको प्रमुख आतिथ्यमा भएको थियो । मंगल प्रसाद माविमा अध्ययन गर्ने दृष्टी विहिन विद्यार्थिहरुले स्वागत गित बाट अथिति पाहुनालाई स्वागत गरेका थिए ।

राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माले डेक नेपालले हजारौ अपाङ्गता भएकाहरुका लागि काम गरेको भन्दै अझैपनि पैरवीको कार्यलाई शसक्त बनाउन आग्रह गर्नुभयो । खजुरा गाउँ पालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले डेक नेपालले स्थानिय सरकारसंग समन्वय सहकार्य गरेर काम गर्दा सरकारले लिएको लक्ष्य प्राप्तीका लागि सहज बनेको बताउनुभयो । दैनिक जिवनलाई सहज बनाउनका साथै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गनुभयो । गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहले गैर सरकारी संस्थालाई नियमन गर्ने निकाय कमजोर रहेको बताउनुभयो । ५० हजारको संख्यामा नेपालमा गैरसरकारी संस्था रहेको भएपनि कमै मात्रमा सामाजिक कार्यमा क्रियासिल बनेको उल्लेख गनुभयो । निरन्तर अविछिन्न ढङले डेक नेपाल अपाङ्गता भएकाहरुको हक हितका पक्षमा लागिपरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्माले अझै पनि स्थानिय तहहरुमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको बताउँदै यसतर्फ गम्भिर हुनपर्नेमा जोड दिनुभयो । शर्माले डेक नेपालले विभिन्न परियोजना संचालन गरेर अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्ने, पैरवी गर्ने लगाएतका काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका संघिय सचिव भावुक जंग थापाले डेक नेपालका कारण धेरै सबै प्रकारका अपाङ्गता भएकाहरुको लागि काम गरेको जसले गर्दा अपाङ्गता क्षेत्रमा ठुलो टेवा पुगेको बताउनुभयो । अपाङ्गता मैत्रि बातावरण सबै निकायहरुमा अझै स्थापना हुन नसकेको भन्दै उहाँले यस तर्फ चासो बढाउन आग्रह गर्नुभयो ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले खजुरा गाउँपालिका सरकारले गर्ने काम पनि डेक नेपालले गरिदिएको बताउनुभयो । गाउँपालिकाले गर्न पर्ने कामलाई डेक नेपालले काम गर्दा सहजता भएको र आगामि दिनमा थप सहकार्य सहयोग गर्नेमा प्रतिवद्धता व्यक्त गर्नुभयो । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले स्थानिय तह अपाङ्ग मैत्रि नभएको पाइएकोमा त्यसलाई सुधार गर्दै सम्पुर्ण भौतिक पुर्वधार अपाङ्गमैत्रि बनाउन लागेको उल्लेख गर्नुभयो । अपाङ्गता भएका व्यत्तिहरुलाई अघि बढाउन पालिकाले सक्रिय भुमिका निर्वाह गर्ने बताउनुभयो । बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहिले स्थानिय सरकारको अपाङ्गता भएकाहरुका लागी केहि उपलव्धी मुलक कार्यका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । बैजनाथले मात्र अपाङ्गता भएकाहरुका लागी ३० लाख बजेट छुट्टाएको जानकारी दिनुभयो । अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्रि नहुदा सम्म स्वीकृती नदिने उल्लेख गर्नुभयो । बैजानाथ गाँउपालिकालाई अपाङ्ग मैत्रि गाउँपालिका बनाउने अध्यक्ष शाहिले बताउनुभयो ।

पुर्व संविधान सभा सदस्य देवराज भारले अपाङ्गता भएकाहरुका लागि डेक नेपालले गरेको कार्य प्रसंसा योग्य रहेको बताउनुभयो । अपाङ्गता क्षेत्रमा धेरे उपलव्धी भएको बताउँदै भारले अपाङ्गताको क्षेत्र सम्मानित जिवनको मार्ग हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अपाङ्गता क्षेत्र उपेक्षित हुदै आएकोमा यसलाई सबैको चासोको विषय बन्नपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेशका सांसद उसा पुनले अपाङ्गता क्षेत्रमा राज्यले अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

अपाङ्गता भएकाहरुको विषयमा डेक नेपालले अभिभाकत्व निर्वाह गरेको उल्लेख गर्नुभयो । डेक नेपाल गाउँगाउँ बस्तिमा पुगेर काम गरेको र त्यसले सकारात्कम सन्देश प्रवाह गरेको उहाँले बताउँनुभयो । प्रदेश स्तरमा पनि अपाङ्गता भएकाहरुका लागी पहलकदमी कदम चाल्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापाले अपाङ्गता भएकाहरुको समस्या समाधान गर्न सफल हुन सकेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन धिरेन्द्र विकले गर्नुभएको थियो ।

डेक नेपालका सल्लाहकार अशोक कोइरालाले सबै क्षेत्रमा रहेका अपाङ्गता भएकालाई खोज्ने, आश्रय दिने र अवसर दिने कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । डेक नेपालले बाँकेको बैजनाथ र राप्ती सोनारीमा अपाङ्गता भएकाहरुका लागी बसोबास गर्ने बाताबरण मिलाएको छ तर व्यवस्थापनमा स्थानिय सरकारले चासो नबढाउदा संचालन गर्न समस्या हुने गरेको उल्लेख गर्नुभयो । नेपालगन्ज उप महानगरपालिकाका नि वर्तमान उप मेयर उमा थापामगरले डेक नेपालले राज्यको आखामा पर्न नसकेको विषयलाई सस्थागत गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गरिन । अपाङ्गता भएकाहरुले जान्न बुझनका लागी डेक नेपालको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । अपाङ्गता भएकाहरु आफुपनि आफ्नो क्षमता बढाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकार सम्मै अपाङ्गता भएकाहरुको अधिकार स्थापित भएको र त्यसको कार्यन्वयनमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनले हरिकला थापालाई पुन ; अध्यक्षमा निवार्चित गरेको छ । एक कार्यकाल अध्यक्ष भएर आफ्नो कार्यकौशल निर्वाह गरिसक्नुभएका थापालाई अधिवेसनले पुन अध्यक्ष चुनेको हो । आगामि ३ वर्षका लागि हरिकलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा इन्द्र बहादुर थकाली, सचिवमा गोर्कण प्रसाद आचार्य, सह सचिवमा पुर्णिमा शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा ललित बहादुर कठायत, सदस्यमा झक्क प्रसाद पोखरेल, दुर्गा लखेर, अजय शर्मा र पुनम सोनी निर्विरोध निर्वाचित हुनुभएको डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्यले जानकारी दिनुभयो ।

समाचार र अनलाईन मेडियाको लिंक क्लिक गर्नुहोस:

https://khabargunj.com/archives/2400
https://khabargunj.com/archives/2410

Leave a Reply

Your email address will not be published. Required fields are marked *